पोखरामा प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन

१५ माघ, काठमाडौं । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदम विरुद्धमा आगामी शनिबार पोखरामा पनि बृहत नागरिक आन्दोलन हुने भएको छ ।
साहित्यकार गनेस पौडेल, तीर्थ गुरुउपेन्द्र पौडेल, राजेन्द्र पौडेल, सुनिल सिग्दे,लगायत १० जनाले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ कार्यक्रमको घोषणा गरेका छन । ओलीको कदमले देशलाई अधिनायकवाद तिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्र पुल, भीमसेन दाहालको शालिक अगाडि पुगेर अनत्य गर्ने बताइएको छ । अब पनि नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैर राजनीतिक हुनुपर्ने बताएका छन् । विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने पनि विज्ञप्तिमा उल्लेख छ ।