१५ माघ, जनकपुरधाम । बलात्कारका घटना घटिरहेका बेला एक अर्को अनौठो र हाडनाता घटना घट्न पुगेको छ । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् ।
गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई आज जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।
वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं ल्याइएको छ ।