Breaking News

सेयर बजारमा कीर्तिमानी कारोबार, नेप्से परिसूचक भने दोहोरो अंकले घटयो.

१५ माघ, काठमाडौं । आज विहीबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम नै रहेको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले कम भई २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ थियो ।
आज २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो ।
सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मू्ल्यमा उच्च बृद्धिका कारण सर्किट लागेको थियो । यस्तै सपोर्ट माइक्रो फाइनान्स, आरम्भ चौतारी लघुवित्त जस्ता विभिन्न कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।आज कारोबारमा आएका १२ उपसमूहमध्ये तीन वटा उपसमूहको सूचक बढेको थियो भने ९ वटा उपसमूह राताम्य रह्यो । निर्जिवन बीमा, उत्पादन समुह र लघुवित्त समुह मात्रै आज बढेको थियो । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी ५७ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।