Breaking News

जारको पानिमा विचौलीयाको अनियमिता

१४ माघ, काठमाडौं । कोटेश्वर स्थिीत बस्ने एक रामेछापका व्यक्तिलाई खाना पकाउन पनि जारको पानी प्रयोग गर्नपर्ने वाध्यता छ । एउटा आईटी कम्पनीमा कार्यरत उनलाई सातामा पाँच वटा जार पानी चाहिन्छ ।
पिडितका गुनासा हरुस्
दसैंअघिसम्म ४० रुपैयाँमा पाइने एक जार पानी अहिले महँगिएर ५० रुपैयाँ पुगेको उनले बताए । ‘दसैंमा घर गएर फर्कदा एकजार पानीको भाउ १० रुपैयाँ बढेछ’ उनी भन्छन्,
असनका होलसेल पुरुष गार्मेन्ट्स व्यापारी मुलापाती त एक जार पानीलाई ६० रुपैयाँ तिर्न थालेको करिब एक वर्ष भएको सुनाउँछन् । बोकेर ल्याएको समेत भन्दै पसलेले ६० रुपैयाँ लिने गरेको उनले बताए । पानीमा ठगिनपरेकोगुनासो गर्छन् । हुन पनि, उपत्यकामा पसल, पानीको ब्राण्ड, जार र ठाउँपिच्छे जारको पानीको मूल्य फरक छ ।ठाउँ अनुसार एक जार पानीको भाउ थोरै फरक पर्नु ठुलो कुरा नहोला, तर करिब ५० लाख आवादी भएको उपत्यकामा पाँच रुपैयाँ मात्र बढी गर्दा पनि बिचौलियाहरुले दैनिक करोडौं रकम असुल गरिरहेका छन् ।अझ, पानी उत्पादककै कुरा सुन्दा त उपभोक्ता एक जार पानीमा पाँच होइन, ३२ देखि ४२ रुपैयाँसम्म ठगिइरहेको मान्न कर लाग्छ ।

उद्योगमा मूल्य २१–२२ रुपैयाँस्
नेपाल बोटलर्स वाटर एशोसिएसनका अनुसार काठमाडौं उपत्यका वरपरका पानी उद्योगमा एकजार खाने पानी १८ देखि २५ रुपैयाँ भन्दा कममा तयार हुन्छ । उद्योगले आफूलाई नाफा राखेरै प्रतिजार २१–२२ रुपैयाँमा पानी बिक्री गर्ने एशोसिएसनका एक पदाधिकारी बताउँछन् ।

एशोसिएसनका महासचिव दुर्गा गौतम उद्योगहरुले बिक्रेतालाई १८ देखि बढीमा २५ रुपैयाँसम्ममा पानी बिक्री गरिरहेको बताउँछन् । टोखाको स्नो बेभरेज प्रालिका सञ्चालक ‘उपभोक्ताहरुले त्यसअनुसारको मुल्यमा पानी किन्न नपाएको गुनासो हामीले सुनेका छौं ।’
उपभोक्ताले फ्याक्ट्री मूल्यभन्दा ३२ देखि ४२ रुपैयाँ बढी तिर्न परेको उनले सुनाए । एक जार पानी चक्रपथ बाहिर ५० र भित्र ६० रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ ।
बिचौलियालाई ठूलो लाभ पानीको बजार मूल्य निर्धारणमा असंगठित साना बिचौलिया हाबी भएको उत्पादकहरु बताउँछन् । वाणिज्य विभागले यसै वर्ष गरेको अध्ययनले पनि जार र बोतलको पानी उपभोक्तासम्म पुग्न कम्तीमा तीनवटा विचौलियाको तह पार गर्नुपर्ने देखाएको थियो ।

उद्योगीबाट खरिद गरेको पानी साना–ठूला ढुवानीकर्ता, साना–ठूला बिक्रेता, किराना पसल हुँदै उपभोक्तासम्म पुग्छ । असंगठित ढुवानीकर्ताहरुले मनग्ये नाफा राखेर किराना र त्यहाँबाट पनि राम्रै नाफा राखेर उपभोक्तासम्म पानी पु¥याउने गरेको महासंघका महासचिव गौतम बताउँछन् ।
उद्योगहरुबाट सकेसम्म सस्तोमा पानी उठाउने, उनीहरुबाट पसल पसलमा बिक्री गर्ने र किराना पसलहरुको मनोमानी चलेको देखिन्छ,’ महासचिव दुर्गा गौतम भन्छन्, पानी उद्योगीलाई बदनाम गराइरहेका उनीहरुले सानो लगानीमा उच्चतम् नाफा कमाइरहेका छन् ।
आखिरमा बिचौलियाकै बिजयस्
वाणिज्य विभागले गत असोजमा काठमाडौं उपत्यका र बनेपाका १७५ पानी उद्योगका जार र बोतलको पानीको मूल्य निर्धारण गर्यो । त्यसअनुसार उपभोक्ताले प्रतिजार ५० रुपैयाँ र एक लिटरको बोत्तलको पानी १६ रुपैयाँमा पाउनुपर्थ्यो ।

तर, विभाग त्यो निर्णयमा साता दिन पनि टिक्न सकेन । विभागका प्रवक्ता शिवप्रसाद सेढाई संसदीय समितिले नै त्यो निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएपछि बजारमा पानीको पुरानै मूल्य कायम भएको बताउँछन् ।

२५ रुपैयाँमा बिक्री भइरहेको बोतलको एक लिटर पानी १६ रुपैयाँ र प्रतिजार ५० रुपैयाँ अधिकतम् मूल्य कायम हुँदा बिचौलियाहरु उत्पादक बिरुद्ध लागेको नेपाल बोटलर्स वाटर एशोसिएसन बताउँछ ।

एशोसिएसनका एक अधिकारी उद्योग र उपभोक्ताबीचको मूल्य अन्तर घटाउन खोज्दा बिचौलियाले राजनीति गरेर जितेको बताउँछन् ।

‘बिचौलियाले उपभोक्ताबाट असुल्ने ठूलो रकमको सानो हिस्सा पानी उद्योगमा लाखौं लगानी गरेकाहरुले पाउन्, उपभोक्तालाई पनि राहत होस् भन्दा उल्टै प्रहार भयो’, उनी भन्छन्, ‘लगानीकर्ता बिरुद्ध भएको प्रचारले उपभोक्तालाई बढी मारमा पा¥यो ।’