Breaking News

प्रधानमन्त्री ओलीलाई सर्वोच्वमा लिखित जवाफ सहित आफै उपस्थिति हुन आदेश

१५ माघ, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई सर्वोच्वमा आफै उपस्थिति हुन आदेश दिएको छ । प्रधानमन्त्री बिरुद्ध अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।