नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नु पर्छ

काँग्रेस नेता, शेखर कोइराला

१३ माघ, काठमाडौं । हिजो भएको बालुवाटारमा नागरिक समाजको धर्नामा प्रहरीले पानीको फोहोरा सहित दमन गरेपछि कांग्रेस नेता शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने बताए ।

प्रहरीले हिजो सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेको थियो । सोही पानीको फोहोराबाट केही मानिस घाइते भएका थिए ।

काँग्रेस नेता कोइरालाले समाजिक सञ्जाल ट्वीट मार्फत् भनेका छन्, देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै ‘नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै’ भनेका छन् ।