दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान नेपाली आरोहीहरु काठमाण्डौ फिर्ता

१३ माघ, काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् ।

निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।