नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक भोलि १२ बजे बस्ने

१० माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक भोलि आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रम बारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिएका छन् । आज शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताएका छन् ।