नेकपा प्रचण्ड-माधव समूहको राजधानीमा हुने लागेको बृहत र्यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

९ माघ, काठमाडौं । नेकपा प्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा बिघठनको बिरुद्धमा आज काठमाण्डौमा गर्न लागेको बृहत प्रदर्शन पछि गरिन सभाको पूर्वसन्ध्यामा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेकपले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।

प्रदर्शन गर्नुअघि चक्रपथ भित्रका विभिन्न नौ स्थानबाट र्याली निकालिने भएकाले ति स्थानमा ठुला सवारी साधन छिर्न नदिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ ।

ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्यालि निकाल्ने क्रम सुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिएका छन् ।