पिनासबाट कसरी बच्ने

पिनासका लक्षणहरु पिनास भएपछि पहेंलो बाक्लो सिंगान आउँछ ।

कदर समाचार
यो मौसममा रुघाखोकीले त सताउँछ नै, त्यो सँगसँगै पिनासले पनि अत्यधिक सताउने गर्छ । पिनासले सताएपछि थुप्रै समस्याहरु साथसाथै आउने गर्छ । आँखा चर्कोसँग दुख्ने, नाकको डाँडी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरुले जीवन नै अस्तव्यस्त बनाइदिन्छ ।
पिनासलाई अंग्रेजी भाषामा साइनासाइटिस भनिन्छ । हाम्रो नाकको नरम हड्डीको दुवैतर्फ एउटा एउटा खाली भाग हुने गर्छ, जसलाई साइनस (कष्लगकभक) भन्ने गरिन्छ । सामान्य अवस्थामा त्यो भाग हावाले भरिएको हुन्छ । तर कुनै पनि कारणले जब त्यो भागको नरम झिल्ली जस्तो तन्तुमा संक्रमण हुन्छ, तब त्यस अवस्थालाई साइनासाइटिस (क्ष्लगकष्तष्क) अर्थात् पिनास भन्ने गरिन्छ । सबैलाई थाहा भएकै
कुरा हो, नाकमा म्युकस हुने गर्छ । तर जब पिनास हुन्छ, खाली ठाउँबाट त्यो म्युकस बाहिर निस्कन सक्दैन । त्यस क्षेत्रमा अवरोध आउँछ । त्यस क्षेत्रमा हुने पातलो झिल्ली संक्रमित हुन पुग्छ ।
पिनासका लक्षणहरु
पिनास भएपछि पहेंलो बाक्लो सिंगान आउँछ ।
नाकबाट बग्ने त्यस्ता सिंगान दुर्गन्धित खालको हुन्छ ।
संक्रमण गम्भीर हुँदै गएपछि सिंगानसँगै रगत पनि देखापर्न सक्छ ।
संक्रमितले गन्ध थाहा पाउन सक्दैन ।
नाकबाट सास फेर्न गाह्रो हुन थाल्छ । दमका जस्तै लक्षण देखापर्न
थाल्छ ।
किन हुन्छ पिनास ?
पिनास हुनुको एउटै कारण भनेको साइनस हड्डीमा हुने संक्रमण हो । त्यो संक्रमण हुनुको मुख्य कारण चाहिँ चिसो नै हो । अत्यधिक मात्रामा चिसो पदार्थ (फ्रिजका वस्तुहरु चिसै खाने) सेवन तथा चिसोमा हिडडुल गर्नेहरुमा यो समस्या बढी देखापर्छ । त्यसैगरी, वातावरणीय प्रदुषण, धुलोधुवाले पनि यो समस्या पैदा गराइदिने गर्छ । कतिपयलाई चाहिँ घरपालुवा जनावर तथा बोटविरुवाहरुको एलर्जीका कारणले पनि यो समस्या देखापर्न सक्छ । त्यसबाहेक, नाकको हड्डी बांगो हुने समस्या भएकाहरुमा यो समस्या देखापर्ने सम्भावना बढी रहन्छ ।
पिनास हुनुको अर्को कारण चाहिँ शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कमजोर हुनु पनि हो । प्रतिरक्षा प्रणाली कमजोर हुँदा मानिसलाई रुघाखोकीले सजिलै लाग्ने गर्छ । जब कुनै व्यक्तिलाई रुघाखोकीले सताइरहन्छ र त्यो लामो समयसम्म रहिरहन्छ भने त्यस्ता व्यक्तिको साइनस हड्डीमा संक्रमण हुने सम्भावना पनि बढेर जान्छ । त्यस स्थितिमा पनि पिनास हुने गर्छ ।
बच्न के गर्ने ?
पिनासले सामान्यतः धुलो धुवा अनि चिसोको स्थितिमा बढी सताउने भएकोले त्यसबाट बच्ने सबैभन्दा प्रमुख उपाय भनेकै त्यो स्थितिबाट बच्न’सकिन्छ । अर्थात् पिनासबाट बच्नको लागि सबैभन्दा पहिले धुलोधुवा र चिसोबाट बच्न’पर्छ । चिसो मौसममा तथा धुलो धुवाभएको
वातावरणमा हिडडुल गर्दा मास्क लगाउने गर्नुपर्छ ।
चिसोबाट बच्न’ भनेको आफु बस्ने कोठाहरु पनि न्यानो हुनु जरुरी हुन्छ । त्यसका लागि सकेसम्म घाम लाग्ने कोठामा बस्ने, दिनहुँ घाममा केही समय बस्ने गर्नु पनि पिनासमा लाभदायक हुन्छ । एलर्जीका कारण पिनास भएको हो भने यथासक्य एलर्जी गराउन सक्ने प्रमुख कारणहरु धुलोधुवा तथा घरपालुवा जनावरबाट टाढा रहनुपर्छ ।
पिनासबाट बच्ने सबैभन्दा उत्तम उपायहरुमा प्रशस्त मात्रामा पानी तथा झोल पदार्थहरुको सेवन गर्नु पनि हो । प्रशस्त मात्रामा पानीको सेवनले शरीरका विषाक्त पदार्थहरु बाहिर निस्कन्छ भने झोल पदार्थहरुको सेवनले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
पिनास हुने मानिसले आफ्ना प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुराहरु प्रशस्त खाने गर्नुपर्छ । चिसो मौसममा पाइने, भिटामीन सी प्रशस्त मात्रामा पाइने सुन्तला, कागती जस्ता फलफुलको सेवनले पनि पिनासमा राहत मिल्छ ।
पिनासबाट मुक्ति पाउने अर्को उपाय भनेको चिसोबाट बच्ने पनि हो । पिनासको समस्या हुनेहरुले फ्रिजको चिसो खानेकुराहरु, चिसोपानी तथा चिसो पेयपदार्थहरुबाट जतिसक्यो टाढा रहनु नै सबैभन्दा उत्तम उपचार हो । त्यसैगरी, शरीरलाई चिसोबाट बचाउन न्यानो राख्ने, टाउकोमा टोपी लगाउने गर्नाले पिनासमा धेरै राहत मिल्छ ।
पिनास हुँदा दूध र बेसारको सेवनले पनि राहत मिल्छ ।
पिनासको संक्रमणमा जलनेती गर्दा पनि आराम मिल्छ । खासगरी, एउटा करुवा जस्तो टुटी भएको भाडामा नुन र मनतातो पानी राखेर नाकको एउटा प्वालबाट पानी पठाएर नाकको अर्को प्वालबाट पानी निकाल्ने प्रक्रियालाई पालोपालो गर्ने हो भने पनि हड्डीको संक्रमण पखालिने, नुन तातो पानीले सेकिने भएको हुँदा निक्कै राहत मिल्छ र विस्तारै संक्रमण निको हुँदै जान्छ ।
पिनासको संक्रमण हुने व्यक्तिहरुले आफ्नो खानपीनमा पनि विशेष ध्यान दिनुपर्छ । विशेष गरेर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने फलफुल, सागपात तथा खानेक’राहरुमा बल गर्नुपर्छ । पिनास हुने व्यक्तिले खानपीनमा विशेष ध्यान दिनुपर्ने पर्छ । सकेसम्म कुहाएर बनाइएका तथा बासी खानेकुराहरु, चिसा खानेकुराहरु खानु हुँदैन । कुहाएर बनाइएका खानेकुराहरु भन्नाले गुन्द्रुक, सिन्की, बोतलमा हालिएका पुराना अचारहरु आदि बुझ्न’पर्छ ।