केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित

जसपा, वरिष्ठ नेता राजेन्द्र महतो

९ माघ, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् ।

नेता महतोका अनुसार केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित रहेको बताए ।

लोकतन्त्रलाई धरापमा पार्दै प्रतिगमनतिर लम्केर नै ओलीले संसद बिघटन गरेको महतोको भनाइ छ । ‘प्रतिगमनकारीको पतन भएको छ र उनको पनि हुन्छ,’ महतोले भने, ‘तर पतन हुने बेलामा मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेका छन् ।’

पतन हुने बेला राजेन्द्र महतो मेरो पार्टीमा आइरहेको भनेर केही दिन बाँच्ने प्रयास गरेको बताए । ‘जनताले प्रतिगमनको साथ नदिएपछि जसपातिर जनलहर पैदा भएको छ । त्यसलाई रोक्न जसपा नेता मेरो पार्टीमा आउँदैछ भन्ने भ्रम फैलाउने र जनसैलाब रोक्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘तर यो सफल हुँदैन ।