प्रेमिकालाई गोली हानेर हत्या गरेर फरार अभियुक्त दश वर्षपछि पक्राउ

माघ, काठमाडौं । एक जना व्यक्तिले दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा आज उनी पक्राउ परेका छन् ।

ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरिएको छ ।

पाँचथर प्रहरीका अनुसार २०६७ मा लिम्बुले सामान्य विवादमा प्रेमिकालाई गोली हानेका थिए ।