बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी

नेकपा नेता, जनार्दन शर्मा (प्रभाकर)

८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले आज कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन् ।

‘एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ नेता शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो । यस्ता दिवास्वप्न हामी पूरा दिने छैनौं ।

शर्माले अब केपी ओली समूहसँग एकता असम्भव रहेको बताए । ‘राष्ट्रघाती, जनघातीसँग एकता हुनसक्दैन, जनताको अधिकार खोस्नेसँग एकता चाहिँदैन ।

आफूहरु पद प्रतिष्ठाको नभइ नागरिकलाई संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने लडाइँमा रहेको नेता शर्माको भनाइ रहेको थियो ।