पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन दबाबको लागि नेकपा प्रचण्ड-माधव पक्षको मोटरसाईकल र्याली

७ माघ, काठमाण्डौ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ ।

माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो । केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको र्यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो । नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ । पछिल्लो समय जनअधिकारको रक्षाका लागि विभिन्न पार्टी, नागरिक समाज लगायत विभिन्न क्षेत्रको पनि ऐक्यबद्धता बढ्दै गएको छ ।