प्रतितिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति प्रति बसहमा प्रश्न उठ्यो

७ माघ, काठमाण्डौ । प्रतितिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएको भन्दै जारी बसहका क्रममा प्रश्न उठाइएको छ । आजको सुनुवाइमा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित पार्ने प्रयास गरिरहेको जिकिर
गरे ।
‘प्रधानमन्त्रीले क्षेत्राधिकार मिचेर बोल्नुभएको छ । उहाँले अदालतलाई प्रभावित गर्न खोज्नु भएको छ’, बहसका क्रममा उनले भने । प्रधानमन्त्रीको अभिव्यक्ति बारे प्रश्न उठाएपछि न्यायाधीश अनिल कुमार सिन्हाले अदालत कसैको प्रभावमा नफस्ने स्पष्ट पारे ।

न्यौपानेको जिकिरपछि सिन्हाले प्रश्न गरे, ‘प्रधानमन्त्रीको बोलीले तपाईं प्रभावित हुनुहुन्छ ? जवाफमा न्यौपानेले ‘म छैन’ भन्ने जबाफ दिए ।

त्यसपछि सिन्हाले ‘तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि प्रभावित हुन्नौं ।’ भन्ने जबाफ दिएका थिए ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गठबन्धन सरकार र बहुमतको सरकार दुबैले विकल्पिबिहीन भएर सरकार गठन गर्न नसक्ने भएमा मात्रै प्रतिनिधिसभा विघटन हुनसक्ने बताए । तर अहिले प्रधानमन्त्री ओलीले चालेको कदम कुनै पनि हिसावले संवैधानिक हुन नसक्ने उनको जिकिर थियो ।

संवैधानिक इजलासमा जारी सुनुवाइमा आज न्यौपाने र ज्ञवालीसहित कृष्ण प्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसीलगायतले बहस गरे । आजको सुनुवाइ भोलि फेरि जारी रहने गरी सकिएको छ ।