प्रचण्ड–माधव समूह द्धारा देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल

७ माघ, काठमाण्डौ । नेकपा को (प्रचण्ड–माधव समूह) ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको
छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको थियो ।

छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी थिए ।

नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।