प्रचण्ड-माधव पक्ष ओलीलाई स्पष्टीकरण सोध्न बालुवाटार

५ माघ, काठमाण्डौ । दुई धारमा देखिएको नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस सम्बन्धी निर्णय बोकेर प्रचण्डमाधव पक्षका नेताहरु सुरेन्द्र पाण्डे सहित अरु तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको भएका छन् ।

प्रचण्डमाधव पक्षको गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पष्टीकरण माग गरिएको छ ।
नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कार्बाहीबारे उल्लेख गरिएको पनि छ ।