मुलुकभर थप ३२२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

५ माघ, काठमाण्डौ । मुलुकभर थप ३२२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि ।

मुलुभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६१ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् भने १९६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११०२ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।