गुजरातमा फुटपाथमा सुतेका मजुदर माथि ट्रक कुत्दा १३ जनाको मृत्यु

एजेन्सी

६ माघ, काठमाण्डौ । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए ।

दुर्घटनामा अरु पनि घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको छ ।