३ माघ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।
शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।
ओलीले भने अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए । तर पनि नेतृ शशी श्रेष्ठ आफ्ना धारणा राख्दै बोलिरहेकी छन् ।