Breaking News

प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने

१ माघ, काठमाण्डौ । संसद विघटनविरुद्ध काठमाडौंको बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिंहले, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका छन् ।

सिंहका अनुसार संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?

कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्न्दै उनले प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्न नमिल्ने बताए । राष्ट्रपति संविधानको संरक्षक भएको भन्दै उनले प्रधानमन्त्री ले संविधानको बर्खिलापमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरेका थिए ।

प्रकाशमान सिंह, काँग्रेस नेता