प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ

३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षड्यन्त्र बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर बिरोध गरिएको छ।