कालिकोटमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवश : प्राविधिकद्धारा कालिकोट भूकम्पको उच्च जोखिममा रहेको आँकलन

२ माघ, काठमाण्डौ । कालिकोटमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाइएको छ । २३ औं भूकम्प दिवसको अवसरमा बोल्ने प्राविधिकहरुले कालिकोट भुकम्पको उच्च जोखिममा रहेको बताएका छन् ।

बहुप्रकोपीय विपदमा भुकम्पिय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा, भन्ने नाराका साथ मान्म बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रर्साद आचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अधिकांश सहभागीले सरकारी भौतिक संरचना पनी भुकम्पिय प्रतिधोत्मक नभएकाले कालिकोट भुकम्पको उच्च जोखिमा रहेको बताएका छन् ।

कालिकोट भौगोलिक रुपमा जोखिम त्यसैमा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण नहुनुले, कालिकोट भुकम्पको उच्च जोखिममा रहेको प्राविधिकहरुले बताए छन् । नरम भु–बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढी जोखिममा हुने र कडा चट्टानमाथि बनेका अग्ला संरचनाहरु पनि बढी जोखिममा नहुन सक्छन । यसर्थ भुकम्पबाट सुरक्षित हुन संरचनामै ध्यान दिनु पर्ने जिल्ला समन्वयका अधिकारी तथा इन्जिनियर चक्रबहादर शाहले बताए ।

अब बन्ने सरकारी तथा नीजि संरचनामा अनिवार्य रुपमा भुकम्प प्रतिरोधात्मक संरचना बनाउनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए । अब बन्ने हरेक संरचना भुकम्प प्रतिरोधात्मक नबनाउने हो भने, हरेक वर्ष दिवशलाई मनाई रहनाको औचित्व नरहेको समेत सहभागिहरुले बताएका थिए ।

कार्यक्रमा सहभागिहरुले, स्थानिय सरकारले आफनो पालिकामा बन्ने नीजि तथा सरकारी संरचना अनिवार्य भुकम्प प्रतिरोधात्मक बनाउन कार्यविधिनै बनाउनु पर्नेमा जोड दिदै तव मात्र भुकम्पबाट हुने क्षतीलाई कम गर्न सकिनेमा बताएका थिए । दिवस कार्यक्रममा सहभागिले स्थानिय तहले अव बन्ने संरचनामा निगरानी गर्न आवश्यकता रहेको औल्याएका थिए ।

कार्यक्रममा भवन निर्माण गर्दा भवन ऐन र राष्ट्रिय भवन संहितालाई ध्यान दिए भुकम्पबाट सुरक्षित हुन सकिने बताइएको थियो ।
२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अबसरमा नेपाल रेडक्रस सोसाईटी कालिकोटले बजारको नरहरिनाथ चोकमा भुकुम्पका बिषयमा कसरी बच्ने भन्ने बिषयमा डेमो देखाउदै जानकारी मुलक सन्देश दिएका थिए भने, किर्डाक नेपाल, हुरुण्डेक नेपाल, सादा नेपाल र भिडसेफले प्यलेकार्डको ब्यवस्था गरेको र खाँडाचक्र नगरपालिकाले ब्यवस्थापनको जिम्मा लिएको थियो ।

जिल्ला बिपद व्यवस्थापन समितिको आयोजना, जिल्ला प्राविधिक कार्यालयको समन्वय रहेको दिवशमा नेपाली सेना, शसक्त प्रहरीबल, नेपाल प्रहरी, पत्रकार नागरीक समाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा दिवश मनाईएको थियो ।