सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा पालिकाद्धारा हेलिकप्टरबाट तत्तकालै उद्धार

२८ पुस, कालीकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ७ नवासी एक महला सुशीला ऐडीलाई सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा तत्तकालै गाउँपालिकाले सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ । विशेषतः पालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार ति सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी र राष्ट्पति महिला उद्दान कार्यक्रमको टिमले सहयोग गरेकाले पालिकाले आभार प्रर्कट गर्दै धन्यवाद समेत दिएको छ ।

सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा ति महिलालाई समयमै उद्धार गरेर पालिकाले उदाहरणीय काम गरेकाले धन्यवादका साथै आगामी दिनमा पनि यस्ता खाले मानवीयता र विकास निर्माणका काममा पालिकाको ध्यान गइरहोस् शुभकामना ।