छात्रालाई अश्लि म्यासेज पठाएको बिषयमा आरआर क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ

२८ पुस, काठमाण्डौ । भृकुटीमण्ड प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य छात्रालाई अश्लि म्यासेज पठाएको बिषयमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।

क्याम्पसमा अध्ययनरत छात्राहरुलाई सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका ४५ वर्षीय प्राध्यापक आचार्यलाई क्याम्पसबाटै पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।