मेरो अनुभवमा मैले लेखनलाई जति सौखिन मान्छु त्यतिनै दुःख पनि मान्छु । दिउँसोभरी अफिस गएर आउँदा उसको फुर्सद छैन भन्छन् तर दिउँसोभरी कोठामा लेखेर बस्दा त्यतिकै पैसा आएको महशुस गर्ने अनविज्ञदेखि अचम्म लाग्दछ । तपस्या गर, योगा गर भन्नेहरुले लेखकको परिश्रमलाई कहिल्यै बुझ्दैनन् । ति अनभिज्ञहरु सँग बस्न र तिनका कचकच सुन्न दिक्क लाग्दछ । शहरको घरमा मात्र हुने ति अश्लिलताको भुमरीमा र भौतिकवादमा हुर्केका, सेक्स को दुनियाँमा रमाएकालाई लेख्न कति ध्यनाकर्षण हुन्छ भन्ने के थाहा ? केटीहरुलाई इमोसनल ब्यालेकमेल गर्छन् केही पुरुषहरु अनि घरमा बसेको नोकर झैं गर्नेे र एउटाको कुरा नकाटी बस्नै नसक्ने अश्लिल आईमाईहरुसँग लेखक मिल्न सक्दैनन् । एउटा सृजनात्मक शब्द पैदा गर्न बच्चा पाउन जत्तिकै कठिन हुन्छ ।
समाजमा लेखकलाई नोकरको व्यवहार गर्ने कुरौटेहरुसँग कहिल्यै मिल्न सकिदैन । दिनभरी कोठामा बसेर, निदाएर खाए झैं मान्ने ति कुरुपताका सिकारले अरुलाई सफलताको सिढी चढ्न दिदैनन् । त्यसैले त्यस्तो वातावरण मा परिश्रमी बनेर लेख्न गाह्रो छ । लेखन पेसा अप्ठारोमा परेको बेला नोकरको व्यवहार गर्ने क्रुरताले लेखकहरुलाई झन वातावरण अप्ठेरो पर्दै गएको देखिन्छ । त्यसैले लेखक के हो, लेख के हो, मेहनत के हो छानिएर गर्नुपर्ने यो अवस्थामा सरकारले नियम बनाएको छैन । कुरौटेहरुको जमातमा आफूलाई कसैको चाकडी गर्न नपरि स्वतन्त्र लेख्न पनि पाईदैन । राजधानीमा मनोमानी भाडा लिन्छन् । घरबेटी एउटा पछि अर्काेको कुरै काट्दै दिन बिताउछन् र घरभाडामा बस्दा नोकरको रुपमा हेर्दछन् र जिस्किन्छन् सम्मान गर्नुको साटो । त्यसैले नियम बनाउने सरकार खै ? घर हुने मात्र मान्छे हुन अनि घर भाडामा बस्ने नोकर ? अनावश्यक बोझ दायित्व थपेर मोज गर्न खोज्छन् पशुहरु । त्यसैले दिनदिनै बोलीका सिकार बनाउने ति नकच्चरा, नकच्चरीको नोकर होर हामी ? कति असहजता छ लेखकलाई समाजमा बाँच्न । त्यसैले लेख्न र लेखक बन्न दुबै च्यालेन्जिङ नोकरी हो । लेखक हुन गाह्रो छ यो संसारमा ।
अशिक्षितहरुलाई कसरी थाहा हुन्छ । शिक्षितहरु पनि उस्तै हुन्छन् । लेखकका वास्तविकता बुझ्न त्यसैले नेपालमा लेखन गर्न साह्रै गाह्रो छ । लेखकलाई गर्ने व्यवहार, यो जानिन, ऊ जानिन, यस्तो गरिन, उस्तो गरिन, अव्यवहारिकपन घर खान गाह्रो हुन्छ यस्तालाई भन्ने शब्दहरु सुन्नुपर्छ । सामाजिक अन्ध विश्वासमा लेखकलाई रमाउन गाह्रो छ । सोझो देखेर, हेपेर उनीहरुको काम गर्नुपर्ने नोकर जस्तो बनाउछन् । जहाँ ज्ञान, मानवीयता र विवेक छैन त्यहाँ भिज्न गाह्रो छ । लेखकलाई व्यवहारिकतामा नदेख्ने अन्धाहरुसँग भौतिक सुन्दरता बाहेक केही छैन । उनीहरु को कुराको शिकार हुनुपर्दा मन नपरेको कुरा लेख्न गाह्रो झनै हुन्छ ।
आफै कमाएर खादा नोकरझै गर्ने त्यो असमानतालाई चिर्ने महिलावाद कुनै महिलासँग पनि छै्रन । जसले सयौं केटाको किसको सिकार र आफ्नो पहिचान के हो त्यो पनि जान्दैनन् । त्यसमा पनि घर खान्न, एकै ठाउँमा बस्दिन होला, घमण्डी छ, यही नै हो हाम्रो महिला दिदीबहिनी र कुरौटे दिदीबहिनीको सोच । यस्ता हेपहा प्रवृतिमा हामी लेखकलाई स्वतन्त्र भएर बाँच्न गाह्रो छ । सेक्स का गफ गर्न तल्लिन महिला–पुरुषहरु नै हाम्रो वातावरण असहज बनाउछन् ।
लेखकप्रतिको गिद्दे दृष्टि र अव्यवहारिकपना हटोस् अब आउँदा दिनहरुमा ति कुरौटे दिदीबहिनी, साथी, आफन्त र पुरुषहरुबाट ।
संसारमा सबैको हक अधिकार बराबर छ । अरुका दिदी–बहिनीसँग ठट्टा गर्नु र मोज गर्नु अघि आफ्ना दिदी बहिनीका लागि पनि सोच्यौ पुरुषवादीहरु हो ? लेखन सत्यता मा आधारित हुनुपर्दछ । त्यसैले सहनु पाप हो । “यदि वातावरण जस्तो छ त्यस्तै प्रकारले सहनुपर्दछ” भन्ने
सरकार र त्यसका नियम ढलाएरचिर्नुपर्दछ । मैले भोगेको संसारमा लेखन गहन अध्ययन हो । वरिपरिको वातावरणदेखि परसम्म, आफ्नादेखि परसम्मकालाई पछि लाउन दिनुहुँदैन । चाहे ति आफ्ना हुन या अरुका । जहाँ गयो त्यही बिर्गान पछि लाग्नेहरु र दासत्व समाऊ भन्नेरु प्रति सरकार किन मौन छ । कसैको जिवन र परिवार खरानी पार्ने तत्वलाई विद्रोहले आगो दन्काउनु पर्दछ र चुप लाग्नु हुन्न । यहाँ आफन्त मात्र आफन्त हुँदैनन् खान पाए जे पनि गर्दछन् । यहाँ यर्थाथताको भाषा र इतिहास उठाउनेलाई सम्मान गर्नु छ । मैले आफन्तबाट सुने राम्रो लेख, किन यस्तो लेखी ? त्यस्ता नालायक शिक्षित भए नि काम छैन । त्यसैले समाजमा एक असल वातावरण बनाउन गाह्रो काम हो ।
आफ्नो पद नै ठूलो बनाउन तल्लिन छन् अनि राजनीतिज्ञको सिकार बनाउछन् । हामीलाई जन्तुहरु ठान्छन् । तर पनि आफ्नो पोष्ट आफैले सृजित गर्न सक्नुपर्छ । लेखनबाट आफ्ना र आफन्तलाई पोष्ट होइन हामी आफैले लिनुपर्छ । लेखकको पहिचान आफैसँग होस्, घरपरिवार आफन्तलाई पद ग्रहण होइन । ति पिडामा मलम लगाउने आफ्ना देखि परसम्मका हुँदैनन् । बरु सपना तुहाउन तल्लिन छन् शत्रुसँग
मिलेर । सहनेलाई मात्र थाहा हुन्छ ति असैय शब्दहरु जुन लेखनमा घातक बनेर रहिरहेका हुन्छन् । यसरी लेखनमा समाज वातावरण असध्य
छ । ति अव्यवहारिकहरु आफ्नो कामको जिम्मा नोकरलाई झै सुम्पन खोज्दछन् । गलतपनको मित्रताको नाममा सत्यता मिल्काएर पुरुषवादी महिलाका सोचबाट उम्किन विरोध र प्रतिरोध गर्नु छ । हामी कसैको नोकरमा प्रस्तुत हुने अव्यवहारिक अज्ञानमा छैनौं । स्वाभिमानमा बाँच्न र बच्न सिक्छौं कसैको दासत्वमा हैन, खबरदार !
लेखकप्रति हेर्ने गिद्दे दृष्टिीलाई चिर्न झगडा गरेर नसिकने रहेछ । गलत विकृतिले लेखकलाई बाँच्न दिदैनन् । आफ्नो कामको जिम्मा नलिएर लाद्न खोज्ने दलाल र दासत्व सृजना गर्ने अश्लिलताका अगाडी शब्दले पनि विद्रोह गर्न नदिए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन । त्यस्ता दलाललाई आश्रय दिने नामको शान्ति मात्र हो, यर्थाथताको दलालीकरण पनि हो ।