कुलेश्वर स्थित एउटा होटलबाट अफिम सहित दुईजनालाई पक्राउ

२६ पुस, काठमाण्डौ । कुलेश्वर स्थित एउटा होटलबाट प्रहरीले अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका घर भएका तिर्थबहादुर गोले र भोजपुर टेक्केमैयुमका प्रकाश सुयल छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुमध्ये तिर्थ बहादुरको साथबाट १ किलो १ सय ग्राम अफिम बरामद छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।