प्रधानमन्त्री केपी शर्मा ओलीले समसामहिक बिषयमा आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

२६ पुस,बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम
छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन् ।

प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड(नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका
छन् । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग ती दलको छ ।

प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना नहुने काठमाडौं र देशका विभिन्न भागमा भएका कार्यक्रममा पुगेर बताइरहेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गर्दा राष्ट्रिय सभामा बोलेका थिए ।