कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने

२६ पुस,बुटवल । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ ।

इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो ।

हिमालय टेलिभिजनका अनुसार खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको छ ।

खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आईभीआईको खोपको क्लिनिकल ट्रायल सुरु हुनेछ ।

अनुसन्धान परिषद्को इथिकल बोर्डले खोपको क्लिनिकल ट्रायल सुरु गर्ने अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले हिमालय टेलिभिजनलाई बताएका छन् ।

परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ ।