अमेरिकाको संसद भवनको हिंसामा १३ जनालाई पक्राउ

एजेन्सी

२३ पुस, वासिङ्टन । अमेरिकाको संसद भवनमा भएको हिंसामा १३ जनालाई पक्राउ गरिएको छ ।
वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच बन्दुक जफत गरिएका छन् जसमध्ये ह्यान्डगन र लङ्ग गन पनि समावेश छन् ।

प्रहरी चिफ रोबर्ट क्वान्टीले मिडियालाई दिएको जानकारी अनुसार पक्राउ गरिएका मानिसहरु डिसी एसियामा बस्ने होइनन् ।

उनले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको पनि जानकारी दिए ।

प्रहरी हाल प्रदर्शनकारीलाई संसद भवनबाट टाढा बस्न भनिरहेको
छ । शहरमा स्थानीय समयानुसार बेलुकी ६ बजेदेखि करफ्यू लगाइएको छ ।