म्याग्दी राँखुको भगवतीमा अवस्थित कोत मन्दीरको पुरानै स्वरुपमा पुननिर्माण गरिने

२३ पुस, वासिङ्टन । ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुने बताइएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको सो मन्दीरको पुननिर्माण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट हुन लागेको हो ।

२०७२ सालमा आएको भुकम्पले र पुरानो संरचनाका कारण जिर्ण हुँदै जान लागेकाले मन्दिर पुननिर्माणमा ८५ लाख १८ हजार चार सय ९१ रुपैयाँ बजेट विनियोजन भएर ठेक्का सम्झौता गरि निर्माण प्रकृया सुरु गर्ने तयारी भएको विभागबाट जानकारी प्राप्त भएको कुरा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुखले बताएका छन् ।

मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने गरि मन्दिरको पुजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताब तयार गरि विभागमा प्रस्ताब पेश गरिएकोमा सोही बमोजिम योजना छनौट भएको बताइएको छ । ऐतिहासिक सो मन्दिरलाई जिर्णेद्धार गर्नका लागि बजेट विनियोजन भएपछि मन्दिरको पुननिर्माण कार्य अघि बढ्ने निश्चित भएको हो । मन्दिरलाई पुरानै स्वरुपलाई जोगाउने र भुकम्पप तिरोधी बनाउने गरि पुननिर्माण गर्ने गरि प्राविधिकहरुसंग डिजाइन बनाउन लगाईएको छ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्प प्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।
धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ ।

सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ ।
तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको किम्मदन्ती मानिन्छ ।