अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा नेकपा स्थायी कमिटी बैठक सुरु

२० पुस, काठमाण्डौ । प्रचण्ड(नेपाल समुहको नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक सुरु भएको
छ ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन् ।
बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ ।

साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन् ।