Breaking News

पार्टी फुटाउन खुमलटारमा २८० पटक बैठक बसेका र नेतृत्व ुल्याउन, प्रधानमन्त्रीलाई खुल्याउन अरू ३५ बैठक

१९ पुस, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको बताएका छन् ।

त्यस्तै अरू ३५ वटा बैठक बसेको पनि बताएका छन् ।

काठमाडौंमा आज अनेरास्ववियूले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेतृत्व र प्रधानमन्त्रीलाई खुल्याउन तथा पार्टी फुटाउन बैठकहरू भएको बताएका हुन् ।

खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्छन् । उनले त्यसतर्फ लक्षित गर्दै खुमलटारमा २८० बैठक बसेको दाबी गरेका
छन् ।

‘पार्टी फुटाउन खुमलटारमा २८० बैठक बसेका रहेछन् । नेतृत्व खुल्याउन, प्रधानमन्त्रीलाई खुल्याउन,’ उनले भने, ‘अरू ३५ बैठक बाहिर बसेको रहेछ ।’

उनले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी पनि गरेका छन् ।

तोकिएकै समयमा चुनाव हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ ।