Breaking News

नेकपा अध्यक्ष प्रचण्ड की धर्मपत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी

१९ पुस, काठमाण्डौ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड की धर्मपत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ ।

विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ । ‘सीता दाहालले प्रचण्डलाई नै जान चाहेको तर, प्रचण्ड पार्टीको व्यस्तताले जान नपाएको र यदि सीताले जिद्दीनै गरेको खण्डमा उनी जानेछन्न्’, स्रोतले भन्यो ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।