Breaking News

ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपाल समूहमा

१९ पुष सुर्खेत । नेकपा बिभाजन पछि स्पष्ट दुई धारमा देखिए पछि अहिले एकले अर्कालाई दोसारोपण गर्नुका साथै एक पक्षको नेता तथा कार्यकर्ता अर्को पक्षमा जाने र तान्ने होडबाजी जस्तै चलेको छ । यसै क्रममा ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाया प्रचण्ड–नेपाल समूहमा लागेको लागेका छन् ।

प्राप्त समाचाार अनुसार पदम रोकाया भने एक हप्ताअघि नै प्रचण्ड–नेपाल समूहमा प्रवेश गरिसकेका थिए । यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । ओली समूहका तीनजना प्रचण्ड–नेपाल समूहमा लागेसँगै मुख्यमन्त्री शाहीको सरकार सुरक्षित हुन पुगेको छ ।