म यस्तो गीत गाउँछु २ को व्यापार कोरोनाले चौपट

कदर समाचार
चैत्र १७,काठमाडौं । फिल्मी बजारमा दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ ले केही चहलपल गराइरहेको बेला त्यसमा फाइदा लिदै हिजो फागुन ३० गतेबाट प्रदर्शनमा आएको छ फिल्म ‘म यस्तो गीत गाउ“छु २’ तर फिल्म हेर्न दर्शक हलमा आउ“छन्, आउ“दैनन् । त्यो केही दिनमा थाहा नै होला । यो फिल्म लाई दर्शकको फाइदा पुगेको पक्कै छ । त्यस्तै फागुन ३० हिजो नै रिजिल हुने भनिएको अर्काे फिल्म हो ‘नीरफुल’ को रिजिल मिति सरेपछि पनि म यस्तो गीत गाउ“छु २ लाई त्यसमा पनि भाग्य खुलेको अनुमान लगाउन सकिन्छ । एक नेपाली फिल्मस“ग अर्काे नेपाली फिल्म नजुध्ने भन्दै ‘नीरफुल’ एकसाता पछि सरेको सो फिल्म सम्बद्ध कलाकारले बताएका छन् ।
‘नीरफुल’ सरेपछि सोलो रिलिजको अवसर पाउन लागेको यो फिल्म त्यो फाइदा उठाउन अहिले ब्यापक प्रचारप्रसारमा जुटेको पनि छ । सायद त्यसैले पनि होला फिल्मका मुख्य कलाकार पल शाह र पुजा शर्मा दर्शक फकाउन स्कुलदेखि मेला महोत्सवसम्म धाउन थालेका छन् । सो अवसरमा उनीहरुले फिल्म प्रति दर्शक आकर्षित गर्न गीतमा नृत्य गरेर दर्शक रिझाउने समेत गरेका छन् ।
फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्ममा अब्बल मानिएका सुदर्शन को यो फिल्ममा पल र पुजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री पुजा र निर्देशक सुदर्शन नै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांककन रहेको छ ।