आँचल शर्मा बिवाह बन्धनमा

कदर समाचार
चैत्र १७, काठमाण्डौं । नेपाली सेनामा बजारमा ज्यादै चर्चाको शिखरमा आँप जोडीको रुपमा चिनिएका आँचल शर्मा र पल शाहको निकै गतिलो र भोलिका दिनमा पनि जोडिरहोस् भनेर दर्शक र अरु रंगप्रेमीहरुको मनमा देखिएको जोडी आपलाई अब केवल साथी र रंगकर्मी साथिको रुपमा देख्न पाएका छन् हालै मात्र चलचल नायिका आँचल शर्माले पल शाहसँग नभएर उनले अचाकनक प्रेमी डाक्टर उदिप श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएका छन् । सायद धेरैलाई थहाहा नदिएर काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा उक्त अवसरमा बेहुली को रुपमा प्रकट हुँदा ज्यादै खुशी देखिएकी थिइन् । आँचल र उदिपले आफ्नो करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् ।
नायिका आँचल शर्माले सामाजिक संजालमा तस्वीर राख्दै आजबाट आफू उदिपको भएको लेखेकी छिन् । उनले बिहेलाई विशेष बनाउन साथ दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् । चलचित्र ‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् । आँचल र उदिपले आज १ गते नै बिहे भोजको आयोजना समेत गरेका छन् ।