सुदूरपश्चिममा हाईअलट सर्तकता

कदर समाचार
चैत्र १७, कैलाली । विश्वभरी फैलिएको महामारी रोग कोरोना भाइरस ले नेपाल पनि त्यसको प्रभाव पारेको छ । लगडाउनकै क्रममा सुदुरपश्चिमको कैलालीमा एकजना कोराना संक्रमित फेला परे पछि त्यहांको प्रदेश सरकारले सो क्ष्ँेत्रमा हाइअलट सर्तकता अपनाएको छ । त्यहां कोरोना भाइरसबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्न जोड दिइएको छ भने नेपाल सरकारले कोरोनाको संक्रमणलाई रोक्न लकडाउनको नीति अख्तियार गरेको छ ।
यो भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेश पनि उत्तीकै छ । भारतसंगको सीमा नाकाबाट अत्यधिक नेपाली नेपाल भित्रिएको र दुबईबाट आएका कैलालीकै एक युवामा कोरानाको संक्रमण पनि देखिएपछि सुदूरपश्चिम सरकार सचेत भन्दै जोखिम न्यूनीकरणका कार्यमा सक्रिय बनेको छ । यस्तो विषम परिस्थितिमा सुदूरपश्चिम सरकारले उपलव्ध स्रोतसाधन प्रयोग गरी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन लागि परेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वताएका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेर सतर्कता अपनाइएको बताए ।
सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा कोरेन्टाइन निर्माण भइरहेको छ भने स्वास्थ्य सुरक्षाको सन्दर्भमा अन्य व्यवस्थापनमा पनि कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री भट्टले जानकारी दिए ।
‘भारतवाट आएका नेपालीको डाटालिने काम देखि उनीहरुको स्वास्थ्य स्थितिका विषयमा जानकारी लिएरहेका छौं’, भट्टले भने, ‘कोरोना भाइरसको परीक्षण गर्ने उपकरण पनि २ दिनभित्र सेती प्रादेशिक अस्पतालमा आइपुग्छ ।’ त्यसैगरी क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनका लगि नगरपालिकालाई ४ लाख, उपमहानगरपालिकालाई ५ लाख र गाउंपालिकालाई ३ लाखका दरले बजेट दिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिएका छन् ।
अपुग रकम फेरि पठाउने तयारी भइरहेको बताउंदै भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको उनले बताए । यो महाविपत्तिलाई रोकथामका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकार डटेर लागि परेको बताउँदै उनले भने, ‘यो घडीमा सवैको सहकार्य अपरिहार्य छ । हाम्रो तर्फबाट क्वारेनटाइनको व्यवस्थापनमा कुनै गरिएको छैन । सुदूपश्चिमका ९ वटै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले सूचना डेस्क स्थापना गरी भारतबाट आएका नेपालीको लगत संकलन गर्ने काम गरिरहेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतवाट गड्डाचौकी नाका हुँदै एक लाख नेपाली आएको जानकारी दिए । उनीहरुलाई सम्बिन्धत जिल्ला पठाइ स्थानीय तहले व्यवस्थापन गरेको बताए ।
महाकाली अस्पतालमा संक्रमणका सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र शंकास्पद व्यक्तिलाई उपचारको प्रभावकारी व्यवस्था मिलाइएको छ । महाकाली अस्पतालमा ३५ वेडसम्मको आइसोलेसन वेड निर्माण भएको छ । त्यसैगरी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैतडी जिल्ला अस्पतालमा आइसोलेसन वेड २ र क्वारेन्टाईन बेड ५७ वटा व्यवस्था गरेको वैतडी प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । भारतबाट अहिलेसम्म झुलाघाट बैतडी नाका हुँदै २४०५ नेपाली प्रवेश गरेको उनले जानकारी दिए । क्वारेनटाइनको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको वताए । वैतडी जिल्ला अस्पतालमा शंकास्पद दुईजना भर्ना भएपनि उनीहरुमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाइएको बताइएको छ ।