Breaking News

बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक

१८ पुस, बद्रिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको
छ ।

आज शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको छ ।

साथै आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन गरिएको छ ।

दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागू गरिएको बद्रियाका प्रमुख जिल्ला अधिकारी बताएका छन् ।

हिजो मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागू गर्नुपरेको हो ।