१०३ वर्षे बृद्धाले २७ वर्षे युवती विवाह गर्दा

कदर समाचार
चैत्र १७, एजेन्सी । इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफुभन्दा करिब ७६ वर्ष कान्छी महिलास“ग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगस“ग विवाह गरेका छन् । फेसबुक र ट्वीटरमा विवाहको तस्बिर अत्यधिक चर्चित भएपछि यो
अरेन्ज म्यारिज विरुद्ध आवाज उठेको छ । कतिले यो विवाह वास्तविक नभएको बताएपनि इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।
स्थानीय मिडियाको रिपोर्ट अनुसार पुआंग एक डच कर्नल हुन् जसले सन् १९४५–१९४९ को युद्ध लडेका थिए । ‘हो, यो साँचो हो । यो विवाह आज दिउ“सो जालान गालिको स्ट्रिटमा भएको बेहुलीको घरमा आयोजना भएको हो,’ आयु अन्ग्रेनी मुचातार, बेहुलाका आफन्तले स्थानीय समाचार एजेन्सी लिपुतानसिक्सलाई भने । ‘मलाई उनको सही उमेर थाहा छैन तर उनी पक्कै पनि सय वर्ष माथिका हुन, उनी डच कोलोनियल
वार फाइटर हुन् । उनकी श्रीमती २० वर्षको हाराहारीमा छिन् ।

ट्रिबन न्युजले पछि नव विवाहित जोडीको निश्चित उमेर उल्लेख गरेको छ । ट्रिबनले कट्टे १ सय ३ वर्ष र अलंग २७ वर्ष भएको पुष्टि गरेको छ । यी दुई बीचको ७६ वर्षको उमेर भिन्नताले सबै चकित छन् । सन् २०१७ मा पनि अडिटी सेन्ट्रलले ७१ वर्षीया महिलाले १६ वर्षे किशोरसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । यसका साथै इन्डोनेशियाली मिडियाले १ सय ३ वर्षका पुरुषले आफुभन्दा ६६ वर्ष कान्छी युवतीसँग विवाह गरेको समाचार प्रकाशित गरेको थियो । फेसबुक तथा ट्वीटरमा सार्वजनिक भएको भिडियोमा वृद्ध दुलहालाई एक व्यक्तिले विवाह स्थलसम्म पुर्याएका थिए तर कतिले यो विवाहमाथि प्रश्न तेर्साएका छन् ।