१७ पुस काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको बिठटन गरेसँगै विभाजन तिर गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले स्पष्ट दुई धारमा रहेको प्रचण्डमाधव र ओली पक्ष भएर एक अर्कालाई दोषारोपण गरिरहेका बेला सोही पार्टीका उपाध्यक्ष बामदेव गौतम अहिले सम्म न्यूटल नै देखिएका गौतमले पनि आफ्नो कित्ता क्लियर पार्न लागेका छन् । प्राप्त समााचारका अनुसार गौतमले प्रचण्ड–नेपाल पक्षमै प्रवेश गर्न लागेको संकेत देखिएको छ । संसद विघटनका विषयमा ओलीको निरन्तर आलोचना गरिरहेका गौतमले पनि प्रचण्ड पक्षलाई नै साथ दिने चर्चा हुन् थालेको हो ।
पटक–पटक सहमति गरे पनि कार्यान्वयन गर्न आलटाल गर्ने ओलीको व्यवहारमा रहेको भन्दै असन्तुष्ट देखिएका गौतम शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड–नेपालतिर उभिन सक्ने संकेत गरेका हुन् ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँगको आधा घण्टा छलफलमा गौतमले त्यस्तो संकेत गरेको गौतम निकट एक केन्द्रीय सदस्यले बताए । गौतम र प्रचण्ड बीचको छलफल सकारात्मक भएको बताइएको छ ।
यसअघि प्रचण्डसँगको भेटमा गौतमले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू पार्टी एकताकै पक्षमा भएको बताएका थिए । पार्टी एकता जोगिने स्थिति नभएपछि गौतमले आफ्नो कित्ता स्पष्ट गर्न लागिएको स्रोतले जनाएको छ । तर पनि उपाध्यक्ष गौतम नेकपा एकताको सूत्र अझै पनि खोजिरहेका पनि छन् ।