२०२१ मा अस्थिरताले दुुई भाईलाई अलग गराउने, गढ समाप्तका साथै महान् नेताको मृत्यु, तेस्रो ठूलो युद्ध सुरु हुनेछ खतरा

एजेन्सी

१७ पुस काठमाण्डौ । चर्चित भविष्यवक्ता तथा भौतिकशास्त्री नोस्त्रादामुसले आफ्नो पुस्तक ‘लेस प्रोफेटाइज’ मार्फत ४ सय ६५ वर्षअघि नै मानवताबारे धेरैखाले भविष्यवाणी गरेका थिए । यी फ्रान्सेली भविष्यवक्ता दक्षिणी फ्रान्समा १५०३ मा जन्मिएका थिए । अहिलेसम्म उनले गरेका ३७ सय ९७ वटा भविष्यवाणी मिलेको बताइन्छ ।

हिटलरको उदय, मार्टिन लुथर किङको हत्या र सेप्टम्बर ११, २००१ मा अमेरिकामा भएको आक्रमण त्यस्ता घटना हुन्, जसबारे उनले पहिल्यै संकेत गरिसकेका थिए । २०२१ का विषयमा उनले के भविष्यवाणी गरेका छन् । यसबारे बेलायती सञ्चारमाध्यम ‘डेलीस्टार’ लेख्छ ।

२०२१ मा हामीसामु ठूलो चुनौती आउने संकेत नोस्त्रादामुसले गरेका छन् । वर्षा, रगत, दुध, भोकमरी, फलाम र प्लेगबारे उनले आफ्नो भविष्यवाणीमा उल्लेख गरेका छन् । पक्कै पनि ठूलो चुनौती भोकमरी नै हुन्छ । संयुक्त राष्ट्रसंघले अघिल्लो महिनामात्रै यस वर्ष विश्वव्यापी रुपमा विध्वशंकारी ढंगले गरिबी बढ्ने चेतावनी दिइसकेको छ ।

त्यसैगरी २०२१ मा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रभाव ठूलो हुने आँकलन गरिएको छ । तर, २०२१ आर्टिफिसियल इन्टेलिजेन्सले मानिसलाई नियन्त्रण गर्ने प्रक्रियाको वर्ष पनि हुनसक्छ । मानव नास्त्रोदामुसले यस नयाँ युगबारे पनि पहिल्यै भविष्यवणाी गरेका थिए । यो प्रश्नरहित भने छैन । मानिसहरुलाई प्रभावित गर्नबाट रोक्नका लागि आर्टिफिसियल इन्टेलिजेन्सलाई नियन्त्रणमै राख्नुपर्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । त्यसैगरी साइबोर्ग सेनाका विषयमा पनि नास्त्रोदामुसले संकेत गरेका छन् । यसबारे पनि विश्वका नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । निकट भविष्यमै, युद्धभूमीमा रोबोटहरु फ्रन्टलाइनमा हुनसक्छन् ।

नेस्त्रादोमुसको अर्को भविष्यवाणी छ  :
भगवानको शहरमा ठूलो हल्लाखल्ला हुनेछ
अस्थिरताले दुुई भाईलाई अलग गराउनेछ, गढ समाप्त हुनेछ
महान् नेताको मृत्यु हुनेछ ।
तेस्रो ठूलो युद्ध सुरु हुनेछ, जतिबेला ठूलो शहर जलिरहेको हुनेछ ।