१७ पुस काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले आज शुक्रबार पनि राजधानीमा प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदमको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर माइतीघरमा भेला भएका नागरिक समाजका अगुवाहरुले कुनै पनि हालतमा संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।
‘बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध’ को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्यू तपाईँ नि’ जस्ता प्लेकर्ड बोकेर सरकारलाई खबरदारी गरेका थिए ।
आजको आन्दालनलाई च्याब्रुङ एपिसोडसहितको कोणसभा विशेष बनाइएको थियो ।