प्रेमीकाका लागि मोटरसाईकल चोर्दा

कदर समाचार
चैत्र १७, एजेन्सी । आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नया“ दिल्लीका एक युवकलाई प्रहीले पक्राउ गरेको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताइन्छ । अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नया“ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । तर गत महिना भ्यालेन्टाइन्स डेमा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याइन् । उनले भनेको सही थियो तर प्रेमीलाई उनको कुराले घोच्यो तसर्थ आफ्ना साथीस“ग मिलेर ललितले प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्यायो ।
ललित र उनका साथी साहिदले आफुले जतिसक्दो धेरै महंगो मोटरसाइकल चोर्ने निश्चित गरे । सुरुमा सबै कुरा राम्रै चल्यो । उनीहरुले केही महंगा दुई पाङ्ग्रे चोर्न सफल भए तर उनीहरुको यस्तो व्यवहारले पुलिसको ध्यान आकर्षित गर्यो । मार्च ६ तारिखमा पुलिसले दुई संदिग्ध द्वार्का एरियामा भएको खबर पाए । तसर्थ पुलिसले उनीहरुलाई पछ्याउने निश्चित गरे । जब पुलिसले लाइसेन्स प्लेट नभएको एउटा महंगो बाइकमा सवार दुई युवालाई देखे तब उनीहरुलाई रोकियो । उक्त बाइक फेब्रुअरी २१ तारिखमा दिल्लीको बिन्दापुरमा चोरी भएको पुष्टि भयो । यी दुईले आफ्नो अपराध स्विकार गर्दै आफुहरुले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको पुलिसलाई जानकारी दिए । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो लको गरेको जानकारी दिएका थिए ।