पचालझरना गाउँपालिकाद्धारा कृषकलाई गोठालो भत्ता

कदर समाचार
चैत्र १७, कालिकोट । कोलकोटको पचालझरना गाउपालिकाले किसानलाई प्रोत्साहन दिने हेतुले त्यहास्थित भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालेको छ । किसानको आयस्तर वृद्धि गर्ने तथा गाउ“पालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गोठालो भत्ता दिन थालिएको गाउपालिकाकाले बताएको छ ।
गाउपालिकाका अनुसार ५५ भन्दामथि भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालिएको हो । ५५ देखि ९९ सम्म भेडा–बाख्रा भएकालाई मासिक एक हजार, एक सय सम्मलाई दुई हजार रुपैया“ र त्योभन्दामाथि भएकालाई थप भत्ताको व्यवस्था गरिएको हो ।
‘किसानको आयस्तर वृद्धि गराउन र गाउ“पालिकालाई मासुमा आत्मनिर्भर बनाउन हामीले यो निर्णय गरेका हो, ‘भेडा पाल्ने व्यवसायलाई प्रोत्साहन गर्न पनि भत्ताको व्यवस्था गरिएको हो । चालु आर्थिक वर्षको सुरूदेखि नै किसानलाई ‘गोठालो भत्ता’ दिन सुरू गरिएको उनले हो ।
गाउपालिका पशु सेवा शाखाका प्रमुख वीरेन्द्र बमका अनुसार गाउ“पालिका भर अहिले भेडा–बाख्रा पाल्ने ५१ जना किसान छन् । ६० भन्दा माथि भेडा–बाख्रा पाल्ने किसानको संख्या भने ४० मात्र रहेको उनले जानककारी दिए। यस्तै सय माथि पाल्ने किसान सात जना छन् । गाउ“पालिका मा सबैभन्दा धेरैभेडा–बाख्रा पाल्ने किसानका २५५ भेडा–बाख्रा सम्म पालेका छन् । जो ति किसानले मासिक चार हजार रुपैया“ पाउने गरेका छन् ।
गाउपालिकाले किसानका भेडा–बाख्राको संख्या एकीन गरेर मात्र भत्ता दिने गरेको छ । ‘भत्ता दिनुअघि किसानका भेडा–बाख्राको तथ्याङ्क संकलन गरिन्छ । संख्याको आधारमा मात्रै भत्ता वितरण गर्ने गरिएको छ । आफ्नो नीति तथा कार्यक्रममा नै गाउ“पालिकाले ‘गोठालो भत्ता’को व्यवस्था गरेको थियो । ‘मासु विक्री गर्नेभन्दा पनि कम्मल बनाउने ऊनका लागि भेडा पाल्ने गरिन्छ, व्यवसायिक रुपमा भेडा–बाख्रा पाल्ने चलन बिस्तारै हट्दै पनि गएको छ । तर गाउ“पालिकाको यस प्रकारको किसान प्रोत्साहन पत्ताले थोरै पाल्ने किसानले पनि धेरै भेडाबाख्रा पाल्न समेत थालेका छन् ।