प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देश र जनतालाई धोका दिए

स्थायी समिति सदस्य, देवेन्द्र पौडल

१४ मंसिर, बागलुङ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बागलुङमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । संविधानमा उल्लेख नभएको कुरालाई असंवैधानिक बाटोबाट संसद् विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका
हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद विघटन गरेकाले त्यसयता उत्पन्न राजनीतिक संकटका कारण देश गम्भिर संकटको अवस्थामा पुग्न सक्ने भन्दै पौडेलले सडकबाट सचेत नागरिकले खबरदारी गर्नुपर्ने बताए । उनले सडकबाटै सदन पुनःस्थापना गरेर पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्नेमा जोड दिए ।

‘निर्मला पन्त, वाईडबडी, ललिता निवासलगायतका काण्डहरुको चर्चा हुँदा पार्टीले वातावरण नबनाएको भए के हुन्थ्यो’ पौडेलले प्रश्न गर्दै भने ‘सहयोग गर्दा असहयोग भयो भन्नु, के प्रधानमन्त्रीको हातखुट्टा पार्टीले बाँधिदिएको थियो ?’ पार्टीमा छलफल भएकै आधारमा ओलीले देश र जनतालाई धोखा हुनेगरी प्रतिगामी कदम चालेको आरोप समेत लगाएका थिए ।