नेकपा प्रचण्ड–माधव समूहको सुर्खेतमा ‘शक्ति प्रर्दशन’

१४ पुस, सुर्खेत । हालै मात्र बिभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुर्खेतमा आज आफ्नो ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो ।

वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड(माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरुको सहभागिता रहेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले जानकारी दिए ।

प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।