चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल दिउँसो साढे १ बजेतरि काठमाडौं आगमनसँगै सुरुमै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट

१२ पुस, काठमाण्डौ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ ।

राष्ट्रपति भवन शितल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको शितल निवास स्रोतले जनाएको छ ।

भेटमा कुन विषयमा कुराकानी भयो भन्ने बारेमा भने जानकारी गराइएको छैन ।

स्रोतका अनुसार प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेट्ने भनिए पनि समय नमिलेका कारण भोलि मात्रै भेट हुने छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं आएको हो ।