प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ जना सांसदद्धारा अविश्वा प्रस्ताव दर्ता

१२ पुस, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् ।

यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् ।