संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

१२ पुस, काठसंखुवासभा । संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ ।

आइतबार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका(४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज मल्लका अनुसार सुरूमा एपिएफसहित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार भएको हो ।

एपिएफसहित हाम्रो २०-२५ जनाको टोली नियमित गस्ती गएको थियो,’उनले भने,’गस्ती गएको टोलीमाथि विप्लव समूहले गोली प्रहार गरेर जंगलतिर भागे ।

उनका अनुसार विप्लव समूहका कार्यकर्ताले ४(५ राउन्ड गोली प्रहार गरेका थिए । त्यसबाट कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले पनि जवाफी फाइरिङ गरेको डिएसपी मल्लले बताए ।

’हाम्रो टोलीले पनि १५-२० राउन्ड गोली प्रहार गरेको थियो । अहिलेसम्म कोही घाइते भएरनभएको खबर आइसकेको छैन,’उनले भने,’हाम्रो टोली चेकपोष्टहरूमा अहिले खटिएको छ ।